२०८२ असार ९ गते, सोमबार १८:५३

काठमाडौँ-

चीनमा मंगलवार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ९५ पुगेको छ ।

दिउँसो ३ बजेसम्म उद्धारका क्रममा ९५ जनाको मृत्यु भएको र १३० जना घाइते भएको पुष्टि भएको हो । मंगलवार बिहान चीनको सिजाङमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

मङ्गलवार (बेइजिङ समय) बिहान ९ बजेर ५ मिनेटमा सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्नीच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का नेपालसम्म महशुस गरिएको थियो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस