२०८२ असार १७ गते, मंगलवार ०१:०९

काठमाडौँ-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल वायुसेवा निगम दिनप्रतिदिन कमजोर हुँदै गएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले नेपालको एक मात्रै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम भएपनि राम्रो हवाई उडानमा क्षमता देखाउन नसकेको भन्दै असन्तुष्टि जनाउनु भयो । उहाँले निगमले भएका वाइडबडी र न्यारोवडी समेत सञ्चालन गर्न नसक्नु असक्षमता भएको संकेत गर्नुभयो । मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहकले नेपालको हवाई उडानलाई बिस्तार र  हवाई टिकट सर्वसुलभ(सस्तो) बनाउनुपर्ने भुमिकामा समेत हस्तक्षेप गर्न नसकेको बताउनु भयो । उहाँले हवाई भाडा नियन्त्रण र नियमन समेत नेपाल वायुसेवा निगमले गर्न नसकेको बताउनु भयो । उहाँले सरकारले पटक–पटक नेपाल एयरलाइन्ससँग निगमलाई बलियो बनाउने विषयमा छलफल गरेको बताउनु भयो ।  उहाँले निगममा रहेका जहाज खरिद गर्दादेखि विभिन्न विवादहरु र वायुसेवा निगम सञ्चालन गर्ने मोडालिटी र टिकट विक्री वितरणमा समेत पारदर्शिता देखाउनुपर्ने विषयको खोजिमा लागेको बताउनु भयो ।

उहाँले पछिल्लो पटक मन्त्रालयले वायुसेवा निगमलाई सुधारको कार्ययोजना प्रश्तुत गर्न एक महिनाको समय दिएको बताउनु भयो । उहाँले सुधारको योजना हेरेर निगमको नेतृत्वले सुधार प्रश्तुत गर्न समेत भनिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस