२०८२ असार १७ गते, मंगलवार ०१:३४

धनगढी –

खानेपानीमन्त्री प्रदीप यादवले सुदूरपश्चिममा भएका खानेपानीका समस्या समाधान गर्ने बताएका छन् । सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी कार्यशाला गोष्ठी, २०८१ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना वीरेन्द्रनगर, सुर्खेत र धनगढी, कैलालीको उद्घाटनका लागि सुदूरपश्चिमको धनगढी आएका मन्त्री यादवले यहाँका गाउँ टोलमा खानेपानी सम्बन्धिका सबै समस्या समाधान गर्ने बताए ।

उनले भने, ‘खानेपानीका क्षेत्रमा के के समस्या छन, म देशभरमा अनुगमनका लागि दौडिरहेको छु । नागरिकलाई शुद्ध खानेपानी वितरण गर्ने मेरो पहिलो लक्ष्य र उद्देश्य हो । नागरिकको घर घरमा शुद्ध खानेपानी पुगाउँछौँ ।’

सोही कार्यक्रममा बोल्दै मन्त्री यादवले आम देशबासी नागरिकका घरमा शुद्ध खानेपानी पुगाउनु आफ्नो प्रमुख दायित्व भएको बताए । उनले भने, ‘आम नेपाली नागरिकलाई शुद्ध खानेपानी दिनु मेरो प्रमुख दायित्व हो । म आम नागरिकलाई शुद्ध पानी वितरणका लागि सधैँ कटिबद्ध छु । खानेपानीका क्षेत्रमा भएका समस्या बुझ्न म सुदूरपश्चिमको कैलाली आइपुगेको छु । समस्या समाधान गरेरै छोड्छु ।’

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस