२०८३ जेष्ठ १६ गते, शनिबार १७:३३

चस्माको क्यामेराबाट अयोध्या राम मन्दिरको गोप्य फोटो खिच्ने व्यक्ति पक्राउ

काठमाडौं –

भारतको अयोध्यामा रहेको राम मन्दिर परिसरभित्र गुप्त क्यामेराबाट तस्बिर लिन खोज्ने एक युवक पक्राउ परेका छन् । गुजरातका जयकुमार नामका ती युवकले आफ्ना चश्माको क्यामेराबाट मन्दिरको भित्री भागको फोटो खिच्न खोजेका थिए ।

टाइम्स अफ इन्डियका अनुसार, राम मन्दिरमा मोबाइल फोन र क्यामेरा लैजान निषेध भएपनि जयकुमारले आफ्नो स्मार्ट चस्माको लेन्सबाट गोप्य रूपमा मन्दिरका तस्बिरहरू खिचेका थिए । मन्दिर प्रशासनको निगरानीमा परेपछि उनी पक्राउ परेका हुन् ।

प्रविधि बजारमा अहिले हरेक दिनजसो नयाँ उत्पादन आइरहेका छन् । यो भिडमा उच्च प्रविधिका चस्माहरू ‍फेसनसँगै नयाँ ट्रेन्ड बनेका छन् । राम मन्दिर परिसरमा फोटो खिच्ने जयकुमारले पनि यस्तै प्रविधियुक्त चस्मा लगाएका थिए ।

स्मार्ट मेटा रे(बान जस्ता अत्याधुनिक चस्मामा सामान्य चस्माभन्दा धेरै सुविधा हुन्छन् । चस्माको किनारामा हुने लेन्सबाट सुन्दर फोटो, भिडिओ खिच्न सकिन्छ । यसमा एआई र भ्वाइस कमाण्डको सुविधा पनि छ ।

यी चस्माले हातको प्रयोग नगरी फोन कल गर्न, टेक्स्ट पठाउन र अन्य विभिन्न सुविधा नियन्त्रण गर्न सघाउँछन् । यद्यपि, यस्ता प्रविधिले गोपनीयता उल्लङ्घन गर्न सक्ने सम्भावना हुन्छ । विशेषगरी संवेदनशील तथा निषेधित क्षेत्रमा फोटोरभिडिओ खिच्न यस्ता चस्मा दुरुपयोग हुन सक्ने देखिएको छ ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस