२०८२ असार १७ गते, मंगलवार १२:०४

काठमाडौ –

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरु पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जाने बताउनुभएको छ ।

मंगलवार ललितपुरमा पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान परिवेशमा निर्माण क्षेत्र सकसमा रहँदा पनि राज्यले निर्माण व्यवसायीहरुका समस्या समाधान नगरेकाले सडक आन्दोलनमा जान बाध्य भएको बताउनु भयो । उहाँले पुस २७ गते निर्माण व्यवसायीहरुको राष्ट्रिय भेला गरी सरकारलाई खबदारी गर्ने योजना रहेको बताउनु भयो । उहाँले भेलामा ७७ जिल्ला र प्रदेशका प्रतिनिधिहरु रहने बताउनु भयो । उहाँले भेलाको विषयमा सरकारका सबै निकायलाई जानकारी दिएको बताउनु भयो ।

उहाँले सकसमा रहेको निर्माण क्षेत्र सिमेन्ट उद्योगीहरुले उत्पादनलाई कटौती गरेर मूल्यमा गरेको कालोबजारीले थप मारमा परेको बताउनु भयो । उहाँले सिमेन्ट उद्योगीहरुले सिमेन्टको मूल्य ५ सयबाट ७७० रुपैयाँसम्म पु¥याएको बताउनु भयो । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस