२०८२ असार ४ गते, बुधबार १२:०८

काठमाडौं-

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती काठमाडौंमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

शनिवार काठमाडौंमा ¥यालीसहित विभिन्न कार्यक्रमको आयोजना गरेर राष्ट्रनिर्माता शाहको ३०३ औं जन्मजयन्ती मनाइएको हो ।

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापा लगायतले सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायण शाहको पूर्णकदको शालिकमा माल्यार्पण गर्नुभयो । साथै आम सर्वसाधारणले पनि उहाँको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी स्मरण गरेका छन् ।

आजको दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजनीतिक दलहरुले चियापानसमित राष्ट्रिय एकता दिवस समेत मनाउने गर्दछन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस