२०८२ असार १८ गते, बुधबार ०३:४१

वीरगन्ज-

गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार पंकज श्रेष्ठलाई प्रदान गरिने भएको छ । आइतबार बसेको नेपाल पत्रकार महासंघ पर्सा शाखाको बैठकले पंकज श्रेष्ठलाई पुरस्कार वितरण निर्णय गरेको छ ।

गोपाल गिरीका परिवारसँगको सहकार्यमा स्थापना भएको पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ ।

गिरी ०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष भएका थिए । तत्कालिन वीरगञ्ज उपमहानगरको मनोनित मेयर रहँदा २०६० साल माघ १ गते तत्कालिन माओवादीले गोपाल गिरीको हत्या गरेको थियो ।

उनै गिरीको सम्झनामा २०६१ सालमा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार वितरण गर्दै आएको शाखा अध्यक्ष ओमप्रकाश खनालले जानकारी दिए । श्रेष्ठ कान्तिपुर टेलिभिजन पर्साका क्यामरा प्रर्शनको रुपमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस