
काठमाडौं –
सरकारले २०८० सालको वैशाख यता विपद्मा परेर बेपत्ता भएकाहरुको परिवारले पनि मृतकको सरह राहत दिने निर्णय गरेको छ ।
आईतवार सिंहदरबारमा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकल्े सो निर्णय गरेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभएको हो । उहाँकाअनुसार बैठकले असारदेखि यता विपद्बाट भएको क्षति र त्यसको पुनःनिर्माणको लागि प्राधिकरणलाई सम्बन्धित मन्त्रालयहरुमार्फत बजेट दिने निर्णय भएको बताउनु भयो ।
उहाँले एक घर क्षति बराबर अर्को एक घर पनि प्राधिकरणमार्फत पुनःनिर्माण गरिदिने निर्णय भएको बताउनु भयो ।
