२०८३ जेष्ठ १६ गते, शनिबार १६:४६

राष्ट्रपति पौडेलद्वारा निर्माणाधीन संघीय संसद भवनको अवलोकन

काठमाडौं – 

राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन संघीय संसद भवनको अवलोकन गर्नुभएको छ ।

सोमवार सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवनको राष्ट्रपति पौडेलले अवलोकन गर्नुभएको हो । सो क्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत मन्त्रालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो । अवलोकनपछि शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले काम कारबाही गुणस्तरीय रहेको पाएको र नेपालको अहिलेसम्मको भवन निर्माणको क्रम हेर्दा यो नेपाली शैलीमा बनेको सबैभन्दा ठूलो भवन आयोजना रहेको उल्लेख गर्नुभयो । उहाँले आउँदो अधिवेशनसम्म प्रयोग गर्नसक्ने गरी काम अघि बढाउन निर्देशन दिएको उल्लेख गर्नुभयो ।

संघीय संसद भवन नहुँदा ०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद भवनको रूपमा प्रयोग गर्दै आएको छ ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस