२०८३ जेष्ठ १६ गते, शनिबार १७:३४

६० लाख रुपैयाँको बैंक ग्यारेन्टी दिएर थुनामुक्त भए रवि लामिछाने

काठमाडौं –

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर रिहा भएका छन् । हिजो बुधबार साँझ नै जिल्ला अदालत काठमाण्डौमा ६० लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन् ।

लामिछानेले प्रभु बैङ्कको बैङ्क ग्यारेन्टी धरौटीको रुपमा बुझाएका छन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो । योसँगै लामिछानेले अब हिरासत बाहिर बसेर नै मुद्दाको पुर्पक्ष गर्न पाउनु हुनेछ ।

काठमाण्डौ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताले राखेको एक अर्ब १९ करोड रुपैयाँ अनियमितता प्रकरणमा रास्वपा सभापति लामिछाने ‘कसुरदार छैनन् भन्न सकिएन’ भन्दै धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतले मागेको धरौटी बुझाएर छुटेपछि लामिछानेले न्यायालयलाई धन्यवाद दिएका छन् ।

यसअघि अघिल्लो बिहीवार पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले मागेको ६५ लाख रुपैयाँ धरौटी बुझाएर लामिछाने रिहा भएका थिए ।

लामिछानेमाथि कास्की र काठमाण्डौबाहेक रूपन्देही, चितवन र पर्सामा पनि सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी अनुसन्धान चलिरहेको छ ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस