काठमाडौँ –
अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधवार इजरायल र हमासबीच एक सम्झौता भएको औपचारिक घोषणा गर्नुभउको छ । जसले गाजामा लडाईलाई अस्थायी रूपमा रोक्ने र हमासद्वारा वन्धक बनाइएका र इजरायलद्वारा हिरासतमा रहेका प्यालेस्टिनी कैदीहरूको चरणवद्ध रिहाइ हुने बताइएको छ ।
हमास र यसका सहयोगी लडाकू समूहहरूले इजरायलसँगको पहिलो चरणको ४२–दिने युद्धविरामको क्रममा ३३ बन्धकहरूलाई रिहा गर्नेछन्।

यो सम्झौता आफू पछि आउने राष्ट्रपतिले लागू गर्नुपर्ने बताउनु भयो ।