२०८२ जेष्ठ ३१ गते, शनिबार २२:२४

काठमाडौं – 

खानेपानी मन्त्री प्रदीप यादवले ९८ प्रतिशत नागरिकमा आधारभुत खानेपानीको पहुँच पुगेको दाबी गर्नुभएको छ ।

बिहीवार राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा लतिपुरमा आयोजित ‘भूकम्प र विपद्  जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले अबको एक वर्षभित्र शतप्रतिशत नागरिकमा आधारभुत खानेपानी पु¥याइसक्ने घोषणा समेत गर्नुभयो । उहाँले अहिले २७ प्रतिशत नागरिकले मात्र शुद्ध खानेपानी पिउन पाएको उल्लेख गर्दै एक वर्षभित्र ५७ प्रतिशत नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउने गरी काम गरिरहेको बताउनु भयो । उहाँले सरकार जनताका आधारभुत आवश्यकता पूरा गर्न संवेदनशील रहेको बताउनु भयो ।

उहाँले काठमाडौं उपत्यकामा रहेको खानेपानीको समस्या साधानका लागि निरन्तर काम गरिरहको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस