२०८२ असार १७ गते, मंगलवार ०७:३९

वीरगंज – 
दुर्गा पुजा सेवा समिती रानीघाटले २३ औं पटक खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रानीघाट चोकमा आयोजित रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेले बताउनु भयो । वीरगंज महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताले दिप प्रजवलीत गरि कार्यक्रमको उद्घाटन गर्दै रक्तदानको महत्वका बारेमा चर्चा गर्दै बर्षमा चार पटक रक्तदान गर्न सबैलाई आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा राजु गुप्ता, चन्दन सिंह, बिरेन्द्र राम, सतिश सिंह राजपुत, नुरुल होदा, कमरुदीन अंसारी, मुन्ना सर्राफ, राजु कुशवाहा, अब्दुल हकिम आलम लगायतकाले रक्तदान गरेका हुन ।

नेपाल रक्तसंचार केन्द्र वीरगंजमा दिन प्रति दिन रगतको अभाव देखिएका कारण रगतको आपुर्तीलाई मध्यनजर गर्दै यस समितीले पटक पटक रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको समितीका अध्यक्ष सतिश सिंह राजपुतले बताउनुभयो । कार्यक्रममा दुर्गा पुजा सेवा समितिका सल्लाहकार दिनानाथ प्रसाद रौनियार, गोपाल रौनियार, छोटेलाल प्रसाद सर्राफ, रानीघाट अस्थायी प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक नन्दलाल बैठा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार प्रणय कुमारले गर्नु भएको थियो ।

त्यसैगरी पकहामैनपुर संघर्ष युवा समाजले पहिलो पटक बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पकहामैनपुर गाँउपालिकामा आयोजित रक्तदान कार्यक्रममा ७ महिलासहित जनाले ३१ जनाले रक्तदान गरेका हुन । कार्यक्रमका प्रमुख अतिथी सिद्धार्थ माध्यमिक बिद्यालयमा प्रधानाध्यापक बिनोद मेहताले प्रमाण पत्र बितरण गरि शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा आदित्य शर्मा, अखलेस कुमार साह, रबिन्द्र चौरसिया, प्रमोद राज पटेल, चन्देशवर कुमार यादव, प्रमिला यादव, कौशल कुमार सर्राफ, नितेश कुमार यादव, नवलकिशोर साह लगायतले रक्तदान गरेको पकहामैनपुर संघर्ष युवा समाजका अध्यक्ष आदित्य शर्माले बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस