२०८२ असार १७ गते, मंगलवार ११:०९

पर्सा-

मधेस प्रदेश सरकारले शहीदहरुको स्मरणमा वृक्षारोपण गरेको छ ।

आईतवार बिहान मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको नेतृत्वमा वृक्षारोपण कार्यक्रम भएको हो । माघ ५ गते बलिदानी दिवस मनाइएको थियो । सोही स्मरणमा आज बिहान जनकपुरको मधेस भवन परिसरमा २५ वटा वृक्षारोपण गरेको मन्त्री लेखीले बताउनु भयो । उहाँले शहीदहरुप्रति सम्मान व्यक्त गर्दै वृक्षारोपण गरिएको बताउनु भयो ।

उहाँले शहीद प्रतिष्ठानलाई समयानुकुल बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस