२०८२ असार ४ गते, बुधबार १०:३४

वीरगन्ज-

बाल श्रम रोकथाम र बाल श्रमिकहरूको संरक्षणमा जोड दिने उद्देश्यले वीरगन्जको आदर्शनगरस्थित होटेल त्रिसलामा चाइल्ड रेस्क्यु नेपाल र छोरा छोरी नेपालको संयुक्त आयोजनामा गोलमेच छलफल कार्यक्रम सम्पन्न भएको छ ।

सानो पाइला संस्थाको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका उप(प्रमुख इम्तियाज आलमले बाल श्रम रोकथाम, अनाथ, बेसहारा, र दलित बालबालिकाको संरक्षणका लागि व्यक्तिगत र संस्थागत पहलबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

चाइल्ड रेस्क्यु नेपालका वीरगन्जका अनुसार, भारतमा जबरजस्ती श्रममा लगाइएका दुई नेपाली बालकलाई उद्धार गरी उनीहरूलाई सुरक्षित रूपमा परिवारसँग पुनर्मिलन गराइएको छ ।

उद्धारका क्रममा मुम्बईको प्लास्टिक कारखानामा कठोर परिस्थितिमा काम गरिरहेका बालकहरूको घर फिर्तीमा छोरा(छोरी नेपालको महत्त्वपूर्ण योगदान रहेको संस्थाले जनाएको छ । गत वर्ष ४५ बालबालिकाको उद्धार गरेर बाल शोषणविरुद्धको अभियानलाई तीव्र पारिएको पनि संस्थाले दाबी गर्‍यो ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा रञ्जना पण्डित, प्रहरी निरीक्षक रमेशकुमार तिमल्सिना, वीरगञ्ज – ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार, र नारायणी अस्पतालकी हेमा थापाको उपस्थिति थियो ।

सरोकारवालाहरूले बाल श्रमविरुद्ध सामूहिक अभियानलाई अझ सशक्त बनाउन पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस