२०८२ असार ४ गते, बुधबार १०:३४

वीरगन्ज-

चिसो बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले आजदेखि माघ ११ गतेसम्मका लागि सबै विद्यालयहरूमा जाडो विदा दिने घोषणा गरेको छ । चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै महानगरको शैक्षिक प्रशासन महाशाखाले सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो । यसअघि पनि महानगरले पुस २४ देखि २६ सम्म र माघ २ देखि ४ सम्म दुई पटक जाडो विदा दिएको थियो । तर, यसपटकको विदा चिसोले थप प्रभाव पारेपछि लम्ब्याइएको हो ।

महानगरले विद्यालयहरूलाई स्पष्ट रूपमा जाडो विदाको पालना गर्न निर्देशन दिएको भए पनि यसको उल्लङ्घन गर्ने विद्यालयहरूमाथि कुनै पनि कारबाही नगरेको देखिएको छ । आदेश उल्लङ्घन गर्ने विद्यालयहरूको संख्या बढ्दै जाँदा महानगरको कार्यान्वयन क्षमताप्रति प्रश्न उठ्न थालेको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस