२०८३ आश्विन २८ गते, बुधबार ०२:००

सरकार जसको बनेपनि नेपालको वैदेशिक सहायता नीति एउटै बनाउनुपर्छः महामन्त्री थापा

काठमाडौं-

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको अन्तर्राष्ट्रिय सहायता नीति एउटै बनाउनुपर्ने बताउनुभएको छ ।

बुधवार नेपाली काँग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले  अहिले अन्तर्राष्ट्रिय सहायता नीति २०७६ रहेको र सोही नीतिअनुसार अहिलेसम्म अघि बढिरहेको बताउनु भयो । उहाँले अहिले अन्तर्राष्ट्रिय सहायता नीति बारेमा संसदमै गहन छलफल गर्न जरुरुी रहेको बताउनु भयो । उहाँले नेपालमा जुनसुकै राजनीतिक दलले सरकारको नेतृत्व गरेपनि नेपालको वैदेशिक नीति एउटै हुन्छ भन्ने मानक स्थापित गर्न जरुरी रहेको बताउनु भयो । सरकार बदलिने भएपनि वैदेशिक सहायता नीति नबदिलिने बनाउनुपर्ने बताउनु भयो । राष्ट्रिय स्वार्थका सन्दर्भमा नेपालका राजनीतिक दलहरुको एउटै धारणा बनाउनुपर्ने बतउनु भयो ।

महामन्त्री थापाले सरकारमा बस्नेहरु पनि बिस्तारै वैदेशिक सहायता नलिए कसैले गाली नगर्ने र वैदेशिक सहायता परिचालनको सन्दर्भमा छलफल गरे अनेकन आरोप-प्रत्यारोप खेप्नुपर्ने डरले वैदेशिक सहायता नै नलिने गरी अघि बढ्नसक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस