२०८२ असार ९ गते, सोमबार १७:२९

वीरगन्ज –

वीरगन्ज महानगरपालिकाले साहिब दरबार वीरगन्ज नेपालको समन्वयमा बुधबार पनि विभिन्न वडाका गरिब, एकल महिला, र ज्येष्ठ नागरिकलाई लक्षित गरी कम्बल वितरण गरेको छ। जाडो मौसममा चिसोबाट प्रभावित विपन्न समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले महानगरपालिकाले यसपालि पनि कम्बल वितरण कार्यक्रमलाई निरन्तरता दिएको हो।

साहिब दरबार वीरगन्जका अध्यक्ष उमेशलाल सहनीका अनुसार, बुधबार वीरगन्ज–१९ बिन्दवासिनी र बरवा गाउँमा १७६ जनालाई तथा वीरगञ्ज–१६ नगवामा २ सय जनालाई कम्बल वितरण गरिएको छ। यसरी कुल ३७६ जनाले न्यानो कपडाको सहयोग पाएका छन्।

कम्बल वितरण कार्यक्रममा साहिब दरबार वीरगन्जकी अभिभावक अन्नपूर्णा मानन्धर, संगिता दास, सुरज गुप्ता, बरकतुन नेशा, हफिज मियाँ, वीरगन्ज–१९ का वडा सदस्य उपेन्द्र यादव र विनोद चौरसिया, वीरगन्ज–१६ का वडा सदस्य लवंगी देवीलगायतको उपस्थिति थियो।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस