२०८२ असार १७ गते, मंगलवार ११:२८

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले हल्लाका पछाडि नलाग्न आग्रह गर्नुभएको छ ।

शुक्रवार बुटवल–गोरुसिङगे सडक खण्डको स्तरोन्नति कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हल्लाका पछाडि नभइ भविष्य उन्मुख भएर कामका पछाडि लाग्न आग्रह गर्नुभयो । उहाँले लोकतान्त्रिक बाटोबाट नै विकास सम्भव रहेको बताउनु भयो । उहाँले जातीयता, भौगिलकताका नाममा विद्ेवष फैल्याउने काममा नलाग्न आग्रह गर्नुभयो । उहाँले विविधताहरुलाई राष्ट्रिय एकतामा परिणत गर्दै अघि बढ्न जरुरी रहेको बताउनु भयो । एकता नै राष्ट्र निर्माणको बलियो आधार भएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले सम्पन्न भएका कामहरुप्रति खुशी प्रकट गर्दै छिटो भन्दा छिटो जनतालाई सेवा दिन पाइयोस् भन्ने सरकारको उद्देश्य रहेको बताउनु भयो । सरकार स्थिरता, दृढ निश्चयका साथ विकास निर्माणका प्रयासमा अघि बढिरहेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस