२०८२ असार १७ गते, मंगलवार १२:३४

काठमाडौं –

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले हिमपात र शितलहरबाट जोगिन सावधानी अपनाउन आग्रह गरेको छ ।

केही दिन यता तराईका जिल्लाहरुमा भइरहेको शितलहर र हिमाली जिल्लाहरुमा भइरहेको अत्याधिक हिमपातबाट जोगिन विशेष सावधानी अपनाउन आग्रह गरेको हो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्मकुमार भुसालले विगत केही दिनदेखि तराईका जिल्लाहरुमा शितलहर र हिमाली जिल्लाहरुमा हिमपातका कारण जनजीवन प्रभावित भइरहेको बताउनु भयो । उहाँले हिमपात र शितलहरका कारण चिसोबाट प्रभावित हुने जनसंख्या उल्लेख्य रहेको बताउनु भयो ।

उहाँले चिसोबाट नागरिकहरुलाई बचाउन प्राधिकरणले सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई प्रभावकारी व्यवस्थापन गर्न नर्देशन दिएको बताउनु भयो । शितलहर र हिमपातको लागि तयारी अवस्थामा रहन र पूर्वतयारीका क्रियाकलापहरु गर्नका लागि परिपत्र जारी गरिसकेको जानकारी दिनुभयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले यसअघि नै प्राधिकरणले कार्ययोजना बनाएर सबै जिल्लाहरुमा परिपत्र गरिसकेको बताउनु भयो । महिला, बालबालिका, सीमान्तकृत संकटापन्न समुदायका लागि न्यायो कपडा र दाउराको व्यवस्था गर्ने लगायतका कामहरु भइरहेको बताउनु भयो ।

विगत केही दिनदेखि कोशी, मधेस र वागमती प्रदेशका तराई क्षेत्रमा दिनभर हुस्सु÷कुहिरो लागेको छ । मधेस प्रदेशको पूर्वी भूभाग (सप्तरी) र कोशी प्रदेशको तराई भूभाग (भmापा, मोरङ र सुनसरी) मा मन्द शीतलहरको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेस प्रदेशको पूर्वी भूभाग र कोशी प्रदेशको तराई भूभागमा केही दिन अझै शीतलहर रहने बताएको छ । शीतलहरका कारण स्वास्थ्य, यातायात, शिक्षा, कृषि तथा मानिसहरुको दैनिक जीवनमा असर पर्नसक्ने भन्दै आवश्यक शतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस