२०८२ पुष २४ गते, बिहीबार ०३:३२

सुदर्शनराज पाण्डे र सिजन पाण्डेको सम्झानामा प्रकाशित स्मृतिग्रन्थ सिजन–सुदर्शन ग्रन्थको पुस्तक ‘पिता र पुत्र’ लोकार्पण

वीरगन्ज-

पत्रकार सुदर्शनराज पाण्डे र उनको छोरा सिजनराज पाण्डेको स्मृतिमा प्रकाशित ‘पिता र पुत्र’ नामक सिजन–सुदर्शन स्मृतिग्रन्थको लोकार्पण गरिएको छ । नेपाल पत्रकार महासंघको सभा हलमा शनिबार आयोजना गरेको कार्यक्रममा ‘पिता र पुत्र’ स्मृतिग्रन्थको लोकार्पण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्नुनिष्ट पार्टीका महासचिव विप्लब सी ले सुदर्शनराज पाण्डे र सिजन पाण्डेको सम्झानामा प्रकाशित स्मृतिग्रन्थ सिजन–सुदर्शन ग्रन्थको पुस्तक ‘पिता र पुत्र’ लोकार्पण गरेका हुन् ।

नेपाल कम्नुनिष्ट पार्टीका मधेस प्रदेश इन्चार्ज अनिल सीको अध्यक्षतामा भएको कार्यक्रममा मधेस विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर दीपक शाक्य, नेपाल पत्रकार महासंघ लेखा समिति संयोजक केसी लामिछाने, मध्य नेपाल मिडिया प्रालिकी अध्यक्ष कविता खड्का लगायतले दिवंगत पत्रकार सुदर्शनराज पाण्डेको व्यक्तित्व र जीवनीको चर्चा गरेका थिए ।

त्यस्तै उनका छोरा सिजनराज पाण्डेको जनयुद्धकालमा सक्रियता र भूमिका तथा उहाँको हत्याको विषयमा पनि चर्चा गरिएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपाल कम्यनुष्टि पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस