२०८२ आश्विन २० गते, सोमबार २२:४१

रौतहट सरमुजवामा सडक बिस्तारको क्रममा चलाइएपछि आजपाको आपत्ति

रौतहट –
रौतहटको बौद्धिमाई नगरपालिका वडा नं।८ र ९ सरमुजवामा सडक बिस्तारको क्रममा डोजर चलाइएको छ ।

बौद्धिमाई नगरपालिकाका नगर प्रमुख प्रदिप यादवको अगुवाइमा सडक क्षेत्रभित्र पर्ने संरचना हटाएको हो । सडक क्षेत्रमा रहेका केहिको घरगोठ तथा परालको थुप्रो नगरपालिकाले हटाएको छ तर स्थानीयहरुले भने नगरपालिकाले जबर्जस्ती गरेको आरोप लगाएको छन् । नगर प्रमुख यादवका अनुसार सडक बिस्तारका लागी स्थानीयलाई जानकारी दिएर नै संरचना हटाएको बताए संचारकर्मीहरु लाई बताएका छन्। पटक पटक सूचना दिदा समेत बेवास्ता गरेपछि बाध्य भएर डोजर चलाइएको उनको दाबी छ ।

यस बिषयमा पछिल्लो एक महिनादेखी विवाद हुदै आएको थियो । सरमुजवा घटनाको विरोध गर्दै आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले समाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरेका छन । उनले सो घटनामा संलग्न प्रहरीलाई कारवाही गर्न माग गरेका छन् ।

एकातिर भोग चलनको आधारमा जनतालाई लालपुर्जा दिनका लागि भूमी आयोग गठन गर्ने अर्कोतर्फ जनताको उठीवास नै लगाईदिने काम दोहोरो चरित्रको भएको टिप्पणी साहले गरेका हुन् ।

पोडकास्ट सुन्नुहोस