२०८२ असार १७ गते, मंगलवार ११:१६

काठमाडौँ-

पश्चिमी भारतको महाराष्ट्र राज्यको अर्डनेन्स कारखाना भित्र भएको ठूलो विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । साथै सात जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

महाराष्ट्रको राजधानी मुम्बईबाट करिव ८३० किलोमिटर पूर्वमा रहेको भण्डारा जिल्लामा रहेको अर्डनेन्स कारखानामा विस्फोट भएको थियो । स्थिति नियन्त्रण गर्न अग्निनियन्त्रकहरू घटनास्थल पुगेका थिए ।

विस्फोटका कारण कारखानाको छत भत्किएपछि कामदारहरु फसेका थिए । विस्फोटको आवाज पाँच किलोमिटरको दायरामा सुनिएको बताएका छन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस