२०८२ असार १७ गते, मंगलवार ११:५२

काठमाडौं-

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास गर्नु ख्यालठट्टाको कुरा नभएको बताउनुभएको छ ।

सोमवार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले मुलुक आर्थिक र सामाजिक रुपमा अपm्ठ्यारोमा परेको कारण संसदका दुई ठूला दल मिलेर सरकार बनेको स्पष्ट पार्नुभयो ।

उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले मुलुकको आर्थिक ढुकुटी रित्याउने काम गरेको आरोप लगाउनु भयो । उहाँले सबै मुलकमा ऋण बढ्दै गएको तर आयको सबै बाटोहरु बन्द भएको कारण वर्तमान सरकार गठन भएको जिकिर गर्नुभयो । उहाँले केही अराजक तत्वहरुले तमासा गरिरहेको उल्लेख गर्दै मिडियाबाजीले राजनीति नहुने बताउनु भयो ।

मुलुकलाई स्थिरता र स्थायित्वको बाटोमा लैजान वर्तमान सरकार बनेको दोहो¥याउँदै उहाँले कसैले बिलौना गर्दैमा सरकार नढल्ने बताउनु भयो । संसदका दुई ठूला दल मिलेर मिलेर पनि मुलुकको विकास गर्न नसके मुलुकमा अर्को विकल्प नरहेको उल्लेख गर्दै उहाँले त्यसपछिको जनताको निराशा भयानक हुने बताउनु भयो ।

उहाँले वर्तमान सरकार २०८४ को निर्वाचनसम्मै जाने जिकिर गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस