२०८३ बैशाख २ गते, बुधबार ०३:२८

पर्सा जिल्लाको ग्रामिण भेगमा रहेका वासिन्दा कठ्याँग्रिदो चिसो खेप्न बाध्य , पलिकाहरु मुखदर्शक

पर्सा-

यसपाली धेरै चिसो परेको छ , जति लुगा लगाएपनि न्यानो महशुस नभएको पर्साको बहुदरामाई नगरपालिका वडा नं। २ निवासी ७० वर्षीय  तैयब मियाले बताउनु हुन्छ । चिसो पहलेपनि हुन्थयो , तर यसपाली अलि बढी चिसो परेको उहाँको भनाइ रहेको छ ।

चिसोका कारण रुगाखोकी तथा ज्वरो जस्ता रोगले सताइ रहेको छ भने चिसोबाट जोगिन पालिकाले आगो ताप्ने कुनै प्रवन्ध नगर्दा थप समस्य भएको मियाँको भनाइ रहेको छ ।

विगत दुई सातादेखि लगातार परेको शितलहर र त्यसंगै बढेको चिसोले पर्सावासिको जिवनलाई कष्टकर बनाएको छ भने जिल्लाको सहकरी क्षेत्र भन्दा ग्रामिण क्षेत्रका वासिन्दा र त्यहा रहेका दैनिक ज्यालादारीमा काम गर्ने मुजदुरहरु बढी प्रभावित भएका छन् । दिनभरी जस्तो लागने हुसु र सोसंगै बगने चिसो हावाले हात खुट्टा कठ्याँग्रीने गरेका कारण काम गर्न समस्या भएको पर्साको डोकैला बहुवरी निवासी गुदर रामले बताउनुभयो ।

बढ्दै गएको चिसोले कृषिकार्यमा समेत समस्या सिर्जना गरेको बहोदरमाई नगरपालिकाको वैरिया विर्ता निवासी कपिलदेव प्रसाद कुहवाहाले जानकारी दिनुभयो । उहाँले विहानै देखी लाग्ने हुसु र त्यसंगै चल्ने हवाले  गर्दा चिसो बढदै गएपछि ज्यान जोगाउन दिनभरी घरमै बस्न बाध्यभएको बताउनुभयो।

चिसोबाट बचाउनकागि पालिकाहरुले वितण गर्ने समाग्रीमा भेदभाव भइरहेको वीरगन्जको विन्दवासनि निवासी उमेश पाशवानले गुनासो गर्नुभयो। पालिका प्रमुख वा तिनका आसेपारलाई मात्र कम्बल  तथा दाउरा वितरण गरिएको छ भने गरिब असाहलाई कुनै सुविधा प्रदान नगरिएको उहाँको भनाइ रहेको छ ।

बढदै गइएको चिसोले जिल्लामा रुगा खोकी, कोल्ड डाइरिया, ज्वरो, दम, पक्षघातका विरामीको संख्यालाई दोब्बरले बढाएको नारायणी अस्पतालका चिकित्सकहरुले बताएका छन् । अतिआवस्यक नभए घरबाहिर नस्किन र तातो पानी तथा झोल पदार्थको सेवनलाई बढाउदै  चिसोबाट बच्ने उपाएलाई सुरक्षिण रुपमा अपनाउन चिकित्सकहरुले सर्वसाधारलाई सुझाव दिएका छन् ।

 

 

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस