२०८३ आश्विन २८ गते, बुधबार ०२:५३

एक्टरः टेक वन’को प्रिमियर सम्पन्न

काठमाडौँ –

पाली चलचित्र ‘एक्टरः टेक वन’को ग्राण्ड प्रिमियर सोमवार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा सम्पन्न भएको छ ।

चलचित्रका अभिनेता द्वय प्रदीप खड्का र राजवल्लभ कोईराला साथै अभिनेत्री द्वय अन्नपूर्ण शर्मा र दिव्या रायमाझीको अभिनय रहेको चलचित्रमा चलचित्र क्षेत्रका कलाकारहरूसहित विशिष्ट व्यक्तित्वहरू, चलचित्र निर्माण टोलीका सदस्यहरू, उनीहरूका पारिवारिक सदस्य तथा व्यापारिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति प्रिमियरमा देखिएको थियो ।

माघ १६ गते बुधवार सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टरः टेक वन’ को प्रिमियरमा बोल्दै अभिनेता प्रदीप खड्काले कलाकार बन्नका लागि गरेको प्रयत्नबारे चलचित्रमा देखाइएको बताउनु भयो । अभिनेता राजवल्लभ कोईरालाले चलचित्र राम्रो बनेकाले दर्शकहरुलाई हेर्न आउन आग्रह गर्नुभयो ।

चलचित्र राजन भुसालले निर्देशन गर्नुभएको हो । यो चलचित्र भुसालको पहिलो निर्देशकीय चलचित्र हो । चलचित्रमा अभिनेता खड्कासँगै अन्नपूर्ण शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोईराला, दिव्यदेव कोईराला, सृजना अधिकारी, उषा रजक, सुशील सिटौला लगायतका कलाकारहरूको प्रमुख भुमिका रहेको छ ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस