२०८२ असार १७ गते, मंगलवार ११:३४

काठमाडौं-

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी १० वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत १ हजार ५ सय युनिट पु¥याउने सरकारले लक्ष्य रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित ऊर्जा ट्रान्समिनस तथा न्युन कार्वन उत्सर्जन इकोनोमिक सम्मेलनमा बोल्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले विकास निर्माण गर्दा जोखिम न्युनिकरण गर्ने हिसावले ऊर्जा क्षेत्रको विकासलाई मुलुकको आवश्यकता परिपूर्ति गर्नु पहिलो चाहना भएको बताउनु भयो ।

उहाँले प्रत्येक घरमा एक वर्षभित्रमा विद्युतीकरण सरकारले गरिसक्ने लक्ष्य रहेको बताउनु भयो । उहाँले सरकारले प्रत्येक मानिसले प्रयोग गर्ने प्रतियुनिट ऊर्जालाई वृद्धि गरी आगामी १० वर्षमा प्रतिव्यक्ति १ हजार ५ सय युनिट पु¥याउने लक्ष्य राखेको बताउनु भयो ।

उहाँले सरकारले वातावरणीय प्रभाव न्युनिकरणका विषयलाई पनि सँगै लिएर हिँडेको बताउनु भयो । उहाँले सन् २०४५ सम्ममा शुन्य कार्वन उत्सर्जन गर्नेलक्ष्य प्राप्तिका लागि काम गरिरहेको बताउनु भयो । उहाँले जलविद्युत उत्पादन र प्रशारणलाइनमा देखिएका समस्या पहिचान गरेर सरकारले समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले नीतिगत हिसावले सुधार गरेर जलविद्युत लगानीकर्ताहरुको लागी मार्ग प्रशस्त गर्ने बताउनु भयो ।

उहाँले लगानीकर्ताले गर्ने जलविद्युत उत्पादनको काममा अवरोध सिर्जना हुने वातावरण नदिने उल्लेख गर्नुभयो । उहाँले १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य प्राप्तिका लागि सबै मिलेर काम गर्न जरुरी रहेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस