२०८२ असार ९ गते, सोमबार १९:१२

काठमाडौं-

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले अलोकतान्त्रिक र निरङ्कुश शैलीमा अध्यादेश ल्याएको बताउँदै विपक्षी दलहरुले सामुहिक विरोध गर्ने बताउनुभएको छ ।

मंगलवार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले  यस्तो बताउनुभएको हो । उहाँले संसदमा रहेको विधेयक फिर्ता समेत नलिई अध्यादेश ल्याउनु सरकारको स्वेच्छाचारी र निरङ्कुश कदम भएको आरोप लगाउनु भयो । उहाँले सरकार प्रतिमनतिर गइरहेको बताउँदै यसका विरुद्ध विपक्षी दलहरु सामुहिक रुपमा सदनमा प्रश्तुत हुने समेत बताउनु भयो । उहाँले वर्तमान सरकार जनता र राष्ट्रविपरितको  काम गर्दै मुलुकमा आर्थिक संकट बढाउन उद्धत रहेको समेत बताउनु भयो । उहाँले केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारीका संरक्षण गरेको र राजनीतिक विरोधीमाथि प्रतिशोध साँधेको आरोप समेत लगाउनु भयो ।

अध्यक्ष दाहालले मुलुकको विकासका लागि नयाँ समाजवादी क्रान्तीको आवश्यकता रेहको बताउनु भयो । उहाँले केही मानिस र केही पार्टीहरु मुलुकको वर्तमान व्यवस्थालाई उल्ट्याउने कसरत लागिपरेको समेत बताउनु भयो । उहाँले संविधान संशोधनको नाममा मजदुर र किसानको अधिकार खोस्ने दुष्प्रयास भइरहेको उल्लेख गर्दै यसको विरोधमा उत्रिनुपर्ने बताउनु भयो । उहाँले देशका ठूला भनिएका राजनीतिक पार्टीहरु र तिनका नेताका विचारहरु समाजवाद उन्मुखतिर नभई प्रतिगमन र संविधानको लक्ष्यलाई पछाडि पार्नेतिर परिलक्षित रहेको टिप्पणी गर्नुभयो । उहाँले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरोधी अभियान चलाउँदै मुलुकलाई आर्थिक हिसावले राहत दिने काम गरेको समेत जिकिर गर्नुभयो ।

आफू नेतृत्वको तत्कालिन सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएको र उक्त अभियान यथास्थितिवादी र प्रतिगामीहरुलाई मन नपरेको कारण सरकार ढालिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस