२०८३ असार २१ गते, आईतवार ०४:२५

शितलहर र चिसोले प्रभावित जनकपुरवासीको जनजीवन, उडान ठप्प

जनकपुरधाम-

मधेस प्रदेशको जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रहरुमा शितलहरका कारण जनजीवन प्रभावित बनेको छ । रोल…
एकाएक चलेको चिसो हावा र गतराती शितको वर्षा भएपछि जनकपुरधाम क्षेत्रमा अत्याधिक चिसो महशुस गरिएको हो । अत्याधिक चिसो र घाम अभावका कारण ग्रामिण जनजीवन ठप्प छ ।

दैनिक ज्यालादारी र मजदुरी गर्नेहरु मारमा परेका छन् । मधेसको जनजीवन बिहान १० बजेसम्म ठप्प नै हुन्छ । हुस्सु दिउँसो मात्रै खुलने गरेको स्थानीयहरु बताउँन्छन् । चिसोबाट गरिव विपन्नहरुलाई धेरै समस्या छ । अहिलेको मौसमले बालबालिकाहरुलाई बढी असर गरिरहेको स्थानीयको भनाइ छ ।

केही दिनपछि मौसम खुल्ने अनुमान गरिएको स्थानीय बताउँछन् । बाक्लो हुस्सु÷कुहिरोका कारण जनकपुरमा विमानहरुले उडान भर्न सकेको छैन ।

स्थानियहरु आगो तापेर तथा ग्रामिण भेगमा पराल बालेर चिसो छल्ने गरेका छन् । जसका कारण आगोमा पोल्ने दुर्घटनाको पनि जोखिम छ ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस