२०८३ बैशाख १ गते, मंगलवार १९:०४

नेपाल कमर्स सम्मेलन पहिलाे पटक वीरगन्जमा आयाेजना

वीरगन्ज-

 नेपाल कमर्स एशाेसिएसनकाे प्रथम अन्तर्राष्ट्रिय सम्मेलन वीरगन्जमा शुरू भएको छ ।

वीरगन्जकाे हाेटल भिस्वामा शुरू भएको सम्मेलनकाे इण्डियन कमर्स एशाेसिएसनका उपाध्यक्ष तथा पूर्वाञ्चल विश्वविद्यालय जाउनपुर युपीका हेड मानस पाण्डेले उदघाटन गरेका छन् ।

उद्योग र व्यावसायमा गरिने अध्ययन र अनुसन्धान तथा सम्भाव्यतालाई संस्थागत गर्ने उद्देश्यले स्थापना गरिएको संस्थाले वाणिज्य र व्यावस्थापनमा नेपालकाे आर्थिक भविष्यकाे खाेजीका लागि सम्मेलन महत्त्वपूर्ण हुने एनसीए का अध्यक्ष डा.दीपेन्द्र कुमार चाैधरीले जानकारी दिए ।

कार्यक्रमकाे उदघाटन सत्रमा प्रमुख अतिथि पूर्जवाञ्चल  विश्वविद्यालयका बिजिनेस तथा ईकाेनाेमिक विभाग प्रमुख तथा अल इण्डिया कमर्स एशाेसिएसनका उपाध्यक्ष  प्रा. डा. मानस पाण्डे , राजर्षी जनक विश्व विद्यालयका डिन डा.विनाेद साह, महेन्द्र बहुमुखी क्याम्पस धरानका अनुसन्धान समितिका प्रमुख प्रा.अशाेक झा, नेपाल कमर्स क्याम्पसका सहअध्यक्ष डा.सुरेन्द्र महताे, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, वडा नम्बर ३ का अध्यक्ष बैजु स्वर्णकार, वीरगन्ज  उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, बरिष्ठ उपाध्यक्ष हरि गाैतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल कमर्स एशाेसिएसन नेपालका अध्यक्ष डा. दीपेन्द्र कुमार चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे दाेश्राे सत्रमा २१ वटा विभिन्न विषय र क्षेत्रकाे कार्यपत्र प्रस्तुति रहेकाे आयाेजकले जनाएको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस