२०८३ जेष्ठ २९ गते, शुक्रबार ०९:४५

सामाजिक सञ्जालसम्बन्धी विधेयक नियन्त्रणका लागि नभइ प्रभावकारी नियमनका लागि होः महेश बर्तौला

काठमाडौं- 
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको सामाजिक सञ्जाल सम्बन्धी विधेयक वाक स्वतन्त्रतामाथि नियन्त्रण गर्न नभइ प्रभावकारी नियमनका लागि भएको बताउनुभएको छ ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सञ्चारमाध्यमहरुले वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न कानून ल्याउँदैछ भनेर बहस र प्रचार गरेको कुरा नमिलेको बताउनु भयो ।

उहाँले सरकारले वाक स्वतन्त्रता वा सञ्चारमाध्यमलाई नियन्त्रण गर्नेगरी नभइ नियमन गर्न र अनुशासनको दायरामा राख्न विधेयक ल्याएको बताउनु भयो । प्रभावकारी नियमनका लागि कानूनी प्रवन्धहरु जरुरी रहेकाले विधेयक ल्याइएको बताउनु भयो ।

उहाँले विधेयकबारे हरेक सांसदले संशोधनमार्फत सुझाव दिनसक्ने बताउनु भयो ।

प्रतिक्रिया

वीरगन्जको ऐतिहासिक धरोहर जोगाउन सांसद पन्तको जनआह्वान: “वीरगन्जवासीको सम्पत्ति वीरगन्जवासीलाई नै फिर्ता गर्छौँ”

वीरगन्ज– वीरगन्जको पहिचान र ऐतिहासिकतासँग जोडिएका सार्वजनिक धरोहरहरू भूमाफिया र

वीरगन्जको ऐतिहासिक धरोहर जोगाउन सांसद पन्तको जनआह्वान: “वीरगन्जवासीको सम्पत्ति वीरगन्जवासीलाई नै फिर्ता गर्छौँ”

वीरगन्ज– वीरगन्जको पहिचान र ऐतिहासिकतासँग जोडिएका सार्वजनिक धरोहरहरू भूमाफिया र

पोडकास्ट सुन्नुहोस