जनकपुर-
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले अहिले संविधान संशोधनको बहस हुन छोडेको बताउनुभएको छ ।
शनिवार साँझ जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस र नेकपा एमालेले सरकार बताउँदा ताका सात बुँदे सहमतिमा संविधान संशोधनको बुँदा राखेपनि अहिले छलफल नै हुन छोडेको उहाँको गुनासो थियो ।
उहाँले संविधान संशोधनको मुद्दालाई नेपाली काँग्रेसले बढी चासोका साथ अघि बढाइरहेको बताउनु भयो । नेता निधीले संविधान संशोधनको लागि दुई तिहाई आवश्यक रहेको भएपनि कानून निर्माण र संशोधनका लागि बहुमत भए पुग्ने बताउनु भयो ।
नेता निधीले संविधान संशोधन र कानून निर्माण पनि उत्तिकै आवश्यक रहेको बताउनु भयो ।
Post Views: 43