२०८२ आश्विन २८ गते, मंगलवार ०४:०८

आम जनता पार्टीका अध्यक्ष प्रभु शाहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौं-
आम जनता पार्टीका अध्यक्ष प्रभु शाहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

शुक्रबार उनीविरुद्ध रौतहट जिल्ला अदालतमा अदालतको अवहेलना मुद्दा दायर गरिएको हो ।

शाहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए । अदालतको अपमान गरेको भन्दै उनी उपर बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले मुद्दा दर्ता गराएका हुन् ।

अध्यक्ष शाह र आजपाका महासचिव त्रिभुवन शाहविरुद्ध दर्ता भएको सो मुद्दा सुनुवाइका लागि जिल्ला न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासमा पेशी तोकिएको छ । महासचिव शाहविरुद्ध परिसरमा ज्यान मार्ने धम्की दिएको आरोप पनि लगाईएको छ ।

पोडकास्ट सुन्नुहोस