२०८३ जेष्ठ १६ गते, शनिबार १७:३३

बाबुराम कौशिक सहितका नेता माओबादिमा प्रवेश

 

प्रभु साह नेतृत्वको आम जनता पार्टीका नेता कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । आजपाका केन्द्रीय सचिव तथा प्रवास विभाग प्रमुख बाबुराम कौशिक, पोलिटब्यूरो सदस्य तथा पर्सा इञ्चार्ज कदम रसुल सहितका नेता कार्यकर्ताहरु सोमबार नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका हुन् ।

उनीहरुसँगै व्यापार महासंघका केन्द्रीय सदस्य विदुर गुप्ता, आजपाका प्रदेश सदस्यहरु अफताब अहमद, सञ्जिप गुप्ता, दिलिप गुप्ता, विकास पटेल, सुनिल मोदी, नारायण देवान, नुर मियाँ, आकाश पटेल, सोनालाल मण्डल, चुनु महतो नुनिया लगायतका नेता कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । त्यस्तै एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानाध्यापक शत्रुधन गिरी पनि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उनीहरुलाई सोमबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा अध्यक्ष प्रचण्डले खादा लगाएर स्वागत गरे । पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले पूराना कम्युनिष्टहरु फेरी माओवादीमा एकीकृत हुन थालेको बताउदै यसले पार्टीलाई थप उचाईमा पु-याउने बताए ।

कम्युनिष्टहरु एक हुनुपर्छ भन्ने आफ्नो धारणा रहदै आएको बताउदै अध्यक्ष प्रचण्डले पहिले बाटो विराएकाहरु फेरी फर्किने र फर्काउने क्रम जारी रहेको बताए । बाबुराम कौशिक र विदुर गुप्ताहरु पूर्व माओवादी नै हुन् ।

कौशिक नेकपा हुदै प्रभु साहको आजपामा रहेपनि माओवादीप्रति उनको उत्तिकै भावनात्मक सम्बन्ध राख्ने गरेका थिए । माओवादीलाई कसैले गाली गर्ने अथवा जनयुद्धप्रति कसैको टिप्पणीको उनले विरोध गर्दै आएका छन् । पार्टी प्रवेश कार्यक्रममा नेकपा (माओवादी केन्द्र) पर्साका पूर्व अध्यक्ष रामदरश कुश्वाहा, पूर्व नगर सचिव सुरेन्द्र गुप्ता लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस