२०८३ मंसिर ११ गते, शुक्रबार ११:४८

कमलपोखरीको सानदार मःम पसलमा ग्यास विस्फोट हुँदा १४ जना घाइते

काठमाडौं-

काठमाडौँको कमलपोखरीमा रहेको एउटा मःम पसलमा ग्याँस सिलिण्डर विस्फोट भएको छ । आज बिहान पौने ९ बजेतिर भएको विस्फोटमा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था सामान्य रहेको र ११ जनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

उनीहरुको कीर्तिपुरमा रहेको वर्न अस्पतालमा उपचार भइरहेको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक, एसएसपी शेखर खनालले बताए ।

कमलपोखरीको सानदार मःम पसलमा ग्यास विस्फोट हुँदा त्यहाँका कामदार घाइते भएका हुन् । ग्यास विस्फोटका कारण भुइँतलाको भवनमा समेत क्षति भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

पोडकास्ट सुन्नुहोस