२०८२ असार १७ गते, मंगलवार ११:४७

काठमाडौं-

नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू भन्दा बाहिर प्रधानमन्त्रीको पद नजाने भ्रम पाल्दा काँग्रेस र एमाले मिल्नुपरेको बताउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले काँग्रेस र एमाले कुनैसँग पनि सहकार्य गर्दा आफू नै प्रधानमन्त्री भइने मानसिकतामा अध्यक्ष दाहाल रहेको बताउनुभएको हो । त्यसलाई अहिले चिरिएको बताउनु भयो । उहाँले त्यो परिस्थिति समाप्त भएपछिको अवस्थाबाट अभिप्रेरित भएर दाहालले आफ्ना भनाइ राख्नुभएको बताउनु भयो । उहाँले अध्यक्ष दाहालले मन्त्रीपरिषद्बाटै पारित भएको कार्यविधि लत्याएर तीन करोड भन्दा तल कुनैपनि संघीय आयोजना नराख्ने मन्त्रीपरिषद्को निर्णय उल्ट्याएको बताउनु भयो ।

उहाँले वर्तमान सरकारले सोही बजेटमाथि काम गरेर अघि बढ्नुपर्ने अवस्था भएकाले आर्थिक अवस्था दुरुस्त गर्न समस्या आइरहेको बताउनु भयो । उहाँले राजनैतिक परिवर्तनको सम्पूर्ण श्रेय अध्यक्ष दाहालले लिएको र अध्यक्ष दाहालले एक दलीय व्यवस्था चाहेको बताउनु भयो । एक दलीय व्यवस्था स्थापित गर्ने मनशायले अध्यक्ष दाहालले युद्ध लडेको बताउनु भयो ।

सांसद महतले बहुदलीय प्रतिष्पर्धात्मक व्यवस्थामा आएको कुरा नभुल्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस