बारा-
बारा सिमराबाट हराइरहेका बालक आज मृत फेला परेका छन् ।
१० दिनदेखि घर अगाडिबाट बेपत्ता भएका अंश चौधरी शनिबार दिउँसो मृत फेला परेको बारा प्रहरीले जनाएको छ । वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३२ र बाराको ७ नम्बरको सीमामा बालक चौधरी मृत फेला परेको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी शुभद्रा लामाले बताइन ।

उनका अनुसार खोजविन गर्ने क्रममा खोल्साको अवलोकन गरेका थियौं, सोहीक्रममा उक्त बच्चा फेला परेको हो । वीरगन्ज महानगरको ३२ नम्बर वडा कार्यालय नजिकको खोल्सामा चौधरीको शव फेला परेको उनी बताउँछिन् ।
हुलिया र अवस्थाले बालक चौधरी नै रहेको प्रहरी आंकलन भएपनि पुष्टि गर्ने काम अझ भइरहेको सिमरा प्रहरीले जानकारी दिएको छ । गएको १७ गते सिमरास्थित मामाघार अगाडिबाट बालक चौधरी बेपत्ता भएका थिए ।
सोही बेलादेखि बारा प्रहरीले उनको खोजी कार्य गर्दै आएको छ । मृत फेला परेका बालकको घटनाबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको जनाइएको छ । फेला परेको घटनास्थलको मुचुल्का तथा अन्य अनुसन्धान भइरहेको बारा प्रहरिले जनाएको छ |