२०८३ असार २० गते, शनिबार २३:२१

सिमराबाट १० दिनदेखि बेपत्ता बालक चौधरी मृत फेला, घटनाको सूक्ष्म अनुसन्धान हुँदै

बारा-

बारा सिमराबाट हराइरहेका बालक आज मृत फेला परेका छन् ।

१० दिनदेखि घर अगाडिबाट बेपत्ता भएका अंश चौधरी शनिबार दिउँसो मृत फेला परेको बारा प्रहरीले जनाएको छ । वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३२ र बाराको ७ नम्बरको सीमामा बालक चौधरी मृत फेला परेको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी शुभद्रा लामाले बताइन ।

उनका अनुसार खोजविन गर्ने क्रममा खोल्साको अवलोकन गरेका थियौं, सोहीक्रममा उक्त बच्चा फेला परेको हो ।  वीरगन्ज महानगरको ३२ नम्बर वडा कार्यालय नजिकको खोल्सामा चौधरीको शव फेला परेको उनी बताउँछिन् ।

हुलिया र अवस्थाले बालक चौधरी नै रहेको प्रहरी आंकलन भएपनि पुष्टि गर्ने काम अझ भइरहेको सिमरा प्रहरीले जानकारी दिएको छ । गएको १७ गते सिमरास्थित मामाघार अगाडिबाट बालक चौधरी बेपत्ता भएका थिए ।

सोही बेलादेखि बारा प्रहरीले उनको खोजी कार्य गर्दै आएको छ । मृत फेला परेका बालकको घटनाबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको जनाइएको छ । फेला परेको घटनास्थलको मुचुल्का तथा अन्य अनुसन्धान भइरहेको बारा प्रहरिले जनाएको छ |

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस