२०८३ असार २१ गते, आईतवार ०१:४५

धनगढीमा स्कुलबाट फर्किरहेकी किशोरी बलात्कृत

काठमाडौं-

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा १४ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी भएको घटना सार्वजनिक भएको छ । धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीमा बस्दै आएकी किशोरी बिहीबार साँझ जबरजस्तीकरणीको शिकार भएकी हुन् ।

घटनाको प्रारम्भिक अनुसन्धान अनुसार, विद्यालयबाट घर फर्किने क्रममा एक १८ वर्षीय युवकले किशोरीलाई चक्कु देखाएर धम्क्याएका थिए । जीवन जोखिममा पर्ने डरले उनी युवकसँग जान बाध्य भएकी थिइन् । युवकले उनलाई आफ्नो घरमा लगेर जबरजस्तीकरणी गरेको र त्यसपछि फरार भएको प्रहरीले जनाएको छ ।

पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे जानकारी गराएकी थिइन् । घटना सार्वजनिक भएसँगै जिल्ला प्रहरी कार्यालय कैलालीले किटानी जाहेरी दर्ता गरी युवकको खोजी तीव्र बनाएको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराका अनुसार, घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ ।

प्रहरीले पीडित किशोरीको स्वास्थ्य परीक्षण गराइसकेको छ भने अभियुक्त पत्ता लगाउने र कानुनी कारबाही अघि बढाउने प्रक्रिया तीव्र बनाएको छ ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस