२०८३ असार २१ गते, आईतवार ००:४०

भाजपाको धेरैजसो प्रचार अभियान केजरीवाल लक्षित

दिल्ली-

भाजपाको धेरैजसो प्रचार अभियान केजरीवाल लक्षित थियो। भ्रष्टाचार विरोधी अभियानकर्मी केजरीवाल मदिरा बिक्री नीति सम्बन्धी भ्रष्टाचारको मुद्दामा सिसोदियासँगै जेल परेका थिए। उक्त नीति यतिखेर खारेज गरिएको छ।

महिनौँ जेलमा बिताएर हालसालै छुट्टाछुट्टै जमानतमा रिहा भएका उनीहरूले ती आरोपहरू अस्वीकार गर्दै आएका छन्।

केजरीवाल मोदीको पार्टीले आफू र आपविरुद्ध “राजनीतिक प्रतिशोध” लिएको आरोप लगाउँछन्। तर भाजपा त्यसलाई अस्वीकार गर्छ।

सङ्घ प्रशासित दिल्लीको शासन व्यवस्था अनौठो छ। सार्वजनिक सुव्यवस्था, प्रहरी र भूमि व्यवस्थापनजस्ता विषयमा मुख्य निर्णय लिने अधिकार सङ्घीय सरकारले नियुक्त गरेका लेफ्टिनेन्ट गभर्नरसँग हुन्छ।

राज्यसभाले शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवाबारे निर्णय लिने अधिकार राख्छ। प्रतिस्पर्धी पार्टीले सङ्घीय सरकार र राज्य सरकार सञ्चालन गर्दा अधिकार प्रयोगको विषयमा केन्द्र र राज्य सरकारबीच टकराब देखिने गरेको छ।

अधिकार बाँडफाँटको यस्तो संरचनाका कारण पनि दिल्लीमा चुनावी नाराहरू राजनीतिक भन्दा बढी कल्याणकारी मुद्दामा केन्द्रित देखिएका थिए।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस