२०८३ असार २१ गते, आईतवार ००:३६

वीरगन्जमा सडक अतिक्रमण हटाउने प्रयास असफल

वीरगन्ज-

वीरगन्ज महानगरपालिकाले मुडली वडा नम्बर १२ र १३ मा सडक अतिक्रमण हटाउन गरेको प्रयास असफल भएको छ। महानगरपालिकाको टोली नेपाल प्रहरी, नगर प्रहरी र सशस्त्र प्रहरीसहित अतिक्रमण हटाउन पुगेको थियो। तर स्थानीयको विरोधका कारण टोली रित्तो हात फर्किएको छ।

महानगरपालिकाले २०८१ साल माघ ३ गते सूचना जारी गरी आयल निगम वडा नम्बर १२ र १३ को सडकको मध्य भागबाट दायाँबायाँ ५-५ मिटर गरी १० मिटर चौडा सडक विस्तार गर्ने जनाएको थियो। १५ दिने सूचनाको म्याद सकिएपछि महानगरपालिकाको टोली अतिक्रमण हटाउन पुगेको थियो।

 

स्थानीयले विरोध प्रदर्शन गरेपछि करिब २ घण्टासम्म अवरोध भएको थियो। त्यसपछि स्थानीय र महानगरपालिकाका प्रतिनिधि प्रदीप चौरसियाबीच फागुन ५ गतेसम्मका लागि काम स्थगित गर्ने सहमति भएको स्थानीयले बताएका छन्।

महानगरपालिकाको सडक विस्तारको सूचनाले करिब १५० घरधुरी प्रभावित हुने देखिएको छ। स्थानीय बासिन्दा हलिश मियाँ दर्जीले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जबाट महानगरपालिकाविरुद्ध निषेधाज्ञाको निर्णय गराएको बताएका छन्।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस