२०८३ असार २१ गते, आईतवार ००:४२

वीरगन्जमा “सनलाइट टी-२० इन्टर स्कुल नकआउट क्रिकेट प्रतियोगिता” आयोजना हुँदै

वीरगन्ज-

वीरगन्ज महानगरपालिका अन्तर्गत सनलाइट स्कुलको आयोजनामा “सनलाइट टी-२० इन्टर स्कुल नकआउट क्रिकेट प्रतियोगिता” आयोजना हुने भएको छ। यो प्रतियोगिता माघ २८ गतेदेखि फागुन ४ गतेसम्म वीरगन्जस्थित नारायणी क्रिकेट रंगशालामा आयोजना गरिनेछ।

प्रतियोगितामा वीरगन्जका १४ प्रतिष्ठित विद्यालयहरूले सहभागिता जनाएका छन्। सहभागी विद्यालयहरू मध्ये माउन्ट मकालु स्कुल, एसआर ग्यालेक्सी, मिनील्यान्ड स्कुल, जीवन ज्योति स्कुल, मनोकामना स्कुल, ज्ञानदा एकेडेमी, चिल्ड्रेन वर्ल्ड स्कुल, मालिनी एकेडेमी, सनलाइट स्कुल, गौतम स्कुल, ज्ञान ज्योति स्कुल, लिटिल एन्जल्स स्कुल, ओम नेशनल एकेडेमी र वीरगन्ज एकेडेमी छन्।

सनलाइट स्कुलका प्रधानाध्यापक आलोक कुमार चौरसियाका अनुसार, यो प्रतियोगिता नकआउट आधारमा खेलाइनेछ। उनले यसले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।

प्रतियोगिता संयोजक अमित आलोकका अनुसार, प्रतियोगिता चार समूहमा विभाजित गरिएको छ। उद्घाटन खेल मनोकामना स्कुल र ज्ञानदा एकेडेमीबीच भोली बिहान ९ बजेदेखि हुनेछ। फाइनल खेल आगामी फागुन ४ गते दिउँसो १ बजे नारायणी क्रिकेट रंगशालामा हुनेछ। विजेता टिमले आकर्षक ट्रफी तथा पुरस्कार प्राप्त गर्नेछ।

आयोजक टिमले खेलहरू उत्कृष्ट व्यवस्थापनसहित सम्पन्न गर्न विभिन्न तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। खेलाडीहरूको सुविधाका लागि उचित व्यवस्थापन, मेडिकल सुविधा तथा अनुशासन पालना अनिवार्य गरिएको छ।

यस प्रतियोगिताले वीरगन्जका विद्यार्थीहरूबीच खेल भावना, अनुशासन तथा आपसी समन्वयको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। आयोजक टिमले सम्पूर्ण विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक तथा खेल प्रेमीहरूलाई उपस्थित भई खेलाडीहरूको हौसला बढाउन आग्रह गरेको छ।

पत्रकार सम्मेलनमा जीवन ज्योति स्कुलका प्रधानाध्यापक शिव गुप्ता, मिनी ल्यान्ड स्कुलका प्रधानाध्यापक सुरजबाबु पटेललगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस