वीरगन्ज—
जिल्ला प्रशासन कार्यालय पर्साको अनुगमनमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवामा HPV (ह्युमन पेपिलोमा भाइरस) खोप कार्यक्रमका क्रममा गम्भीर लापरवाही देखिएको छ। यसैको परिप्रेक्ष्यमा जिल्ला प्रशासनले उक्त विद्यालयमा खोप कार्यक्रम स्थगित गर्न निर्देशन जारी गरेको छ।
खोप समन्वय समितिको बैठकले विद्यालयमा खोप कार्यक्रमका लागि पर्याप्त तयारी नभएको पुष्टि गरेपछि यो निर्णय लिइएको हो। जिल्ला प्रशासनले गरेको अनुगमनमा विद्यालयमा खोप कार्यक्रमका क्रममा धेरै गम्भीर कमीहरू देखिएका छन्।

अनुगमनमा देखिएका प्रमुख कमीहरू:
- किशोरीहरूको नाम दर्तामा विद्यालयका विद्यार्थीहरूको प्रयोग गरी किशोरीहरूको नाम दर्ता गरिएको पाइएको छ।
- सरसफाईको अभाव:खोप लगाउने स्थानमा सरसफाईको पूर्ण अभाव रहेको छ।
- सुरक्षा उपकरणको कमी:Safety Box, Vaccine Carrier, र सिरिन्जहरू फोहोर भुईमै राखिएको पाइएको छ
- काउन्सेलिंग र आराम गर्ने स्थलको अभाव:खोप पूर्व काउन्सेलिंग र खोप पश्चात आराम गर्ने स्थलको प्रबन्ध नभएको छ।
- किशोरीहरूको जानकारीको अभाव: किशोरीहरूले खोपको प्रकृति, महत्व र उपयोगिताका बारेमा पूर्ण अनभिज्ञ देखिएका छन्।
- स्वास्थ्यकर्मीहरूको अनियमितता: Vaccinator तथा स्वास्थ्यकर्मीहरूले पोशाक लगाएको नदेखिएको छ।
- आवश्यक सामग्रीको अभाव:Icepack, Cutton, Niddle, र AEFI Kits जस्ता आवश्यक सामग्रीहरूको उचित प्रबन्ध नभएको छ।
- जनशक्ति र सूचनाको अभाव: खोपसँग सम्बन्धित सूचना सम्प्रेषण गर्ने जनशक्ति र सामग्री उपलब्ध नभएको छ।
- सुरक्षा उपायको अभाव:खोपस्थलमा न्यूनतम सावधानी, सरसफाई, र सुरक्षा उपायहरू उपेक्षित रहेका छन्।
जिल्ला प्रशासनको प्रतिक्रिया
जिल्ला प्रशासनले यस्ता गम्भीर लापरवाहीहरू देखेपछि तत्काल उक्त विद्यालयमा HPV खोप कार्यक्रम स्थगित गर्न निर्देशन जारी गरेको छ। जिल्ला प्रशासनका प्रमुख तथा अनुगमन टोलीले विद्यालय प्रशासनलाई खोप कार्यक्रम सुचारु रूपमा संचालन गर्न आवश्यक पूर्वाधार तयार पार्न निर्देशन दिएका छन्।
अनुगमन टोलीमा सहभागी
अनुगमन टोलीमा पर्सा जिल्लाका एसपी गौतम मिश्र, जनस्वास्थ्य जिल्ला अधिकृत जयमोद ठाकुर लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।
जिल्ला स्वास्थ्य कार्यालय पर्सा को प्रतिक्रिया
खोप कार्यक्रममा व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको हो। यस अन्तर्गत हरेका खोप केन्द्रमा २ जना सहयोगी सहित ४ जना कर्मचारी खटाइएको छ। तर, वीरगन्ज महानगरपालिकाले आफ्नो दायित्व र जिम्मेवारीमा चुकेका कारण यस्ता कमीकमजोरी देखिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले बताएका छन्। यसले गर्दा खोप कार्यक्रमको प्रभावकारितामा असर पर्न सक्ने देखिन्छ। स्थानीय तहले आफ्नो जिम्मेवारी बुझी कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आवश्यक कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।
स्थानीय बासिन्दाहरूको प्रतिक्रिया
स्थानीय बासिन्दाहरूले यस्ता लापरवाहीहरूले किशोरीहरूको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्। उनीहरूले जिल्ला प्रशासनले यस विषयमा कडा कदम चाल्न आग्रह गरेका छन्।