२०८३ असार २१ गते, आईतवार ००:४१

फाइल अड्काउने प्रवृत्तिले भ्रष्टाचार मौलायोः मुख्यमन्त्री सिंह

वीरगन्ज-

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कानूनी अधिकारीहरूले कानूनसम्मत रूपमा काम नगरी फाइल अड्काउने प्रवृत्तिले मुलुकमा भ्रष्टाचार मौलाएको बताउनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसका अवसरमा आयोगको बर्दिबास कार्यालयद्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । जनताको स्वास्थ्यसँग खेलबाड गर्ने स्वास्थ्य संस्थामाथि प्रदेश सरकारले कारबाही अघि बढाएको जानकारी दिनुभयो । मुख्यमन्त्री सिंहले नेपालका विभिन्न ऐन तथा कानूनका कारण प्राकृतिक स्रोतको सही सदुपयोग हुन नसकेको उल्लेख गर्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका प्रमुख रामबहादुर कुरुवाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री सिंहले अख्तियार अनुसन्धान सेवा पुरस्कारबाट सिनियर डिभिजन इन्जिनियर प्रकाश चौधरी र अख्तियार सेवा पुरस्कारबाट जगतराजलाई सम्मानपत्रसहित नगद प्रदान गर्नुभयो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस