२०८३ असार २५ गते, बिहीबार ००:३०

सिडियोको कडा निर्देशन पछि अमितगीरी कार्यालयमा उपस्थित हुने

पर्सा-

कालिकामाई गाउँपलिकाका प्रशासकीय अधिकृत अमित गिरीले आज (मंगलबार) जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको विपद् व्यवस्थापन कार्यक्रममा सहभागीता जनाएका छन्। यसअघि उनी तीन महिनादेखि कार्यालयमा अनुपस्थित रहेको भन्दै पालिकाका उपप्रमुख राजमाती देवी बरैनी लगायतको टोलीले हिजो सोमबार यस विषयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको ध्यानाकर्षण गराएका थिए।

पालिका उपप्रमुखले ध्यानाकर्षण गराएपछि प्रमुख जिल्ला अधिकारी अर्यालले अधिकृत गिरीलाई पालिकामा उपस्थित हुने निर्देशन दिएका छन्। अर्यालले अधिकृत गिरीले पालिकामा भएका समस्याहरू समाधान गर्दै भोलिदेखि नै पालिकामा उपस्थित हुने विश्वास व्यक्त गरेका छन्।

अधिकृत गिरी नेपाल कर्मचारी संघठनको पर्साका अध्यक्ष पनि हुन्। स्थानीय स्रोतकाअनुसार उनी राजनीतिक संरक्षण पाउँदै आएको र यसै कारणले नियम कानुनलाई आफ्नो अनुकूल प्रयोग गर्दै महिनौंदेखि कार्यालयमा अनुपस्थित रही घरबाटै कार्यालय संचालन गर्दै आएको बताएका छन्।

प्रमुख जिल्ला अधिकारीको कडा निर्देशनपछि अधिकृत गिरीले पालिकामा उपस्थित हुने भएकोले पालिकाको कामकाजमा सुधार हुने अपेक्षा गरिएको छ। यसले गाउँपलिकाको सेवा प्रवाह र कार्यवाहीमा आएको गम्भीर समस्याको समाधान हुने विश्वास पनि व्यक्त गरिएको छ।

प्रतिक्रिया

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, गेटा अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

काठमाडौं- सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, गेटा अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

काठमाडौं- सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल

पोडकास्ट सुन्नुहोस