२०८३ असार २१ गते, आईतवार ०१:४५

सांसद रहबर अन्सारीले सिमेन्टको मूल्यवृद्धि विरुद्ध सर्वोच्च अदालतमा हाले रिट ,आजै पेसी

पर्सा-

सिमेन्टको अचाकली मूल्यवृद्धि विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीले यो रिट दायर गरेका हुन्। उनले नेपालको संविधानको धारा ४६ र १३३ को आधारमा परमादेश लगायत अन्य आवश्यक आदेश जारी गर्न माग गर्दै नेपाल सरकारका गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल सिमेन्ट उत्पादक संघलाई विपक्षी बनाएका छन्।

रिटमा उल्लेख छ कि कात्तिक १ गते ओपीसी सिमेन्टको करसहित प्रतिबोरा ४७२ रुपैयाँमा बिक्री भएकोमा मंसिर १७ गतेसम्म ६३० रुपैयाँमा उद्योगले बेच्ने गरेको छ। कच्चा पदार्थको अभाव देखाएर उद्योगीले सरकारको मिलेमतोमा अचाकली मूल्यवृद्धि गरी कालोबजारी गरेको दाबी गरिएको छ। सिमेन्ट दैनिक रुपमा हरेक प्रकारका निर्माण कार्यमा प्रयोग हुने अत्यावश्यक वस्तु हो भन्ने उल्लेख गरिएको छ। यसमा हालै देखापरेको कृत्रिम अभाव, कालोबजारी, उद्योगहरुको मनलाग्दी सिन्डिकेटलाई नरोक्दा यसले सबै काम कुरालाई प्रभावित पार्दछ भन्ने दाबी गरिएको छ।

रिटमा उठान गरिएको विषय सार्वजनिक चासोको विषय भएकोले यो विषयक किनारा नहुञ्जेलसम्म तत्काल सिमेन्ट स्वभाविक रुपमा, पहिलेको उचित मूल्यमा उपलब्ध गर्न गराउन माग गरिएको छ। उद्योग संघमार्फत सम्पूर्ण सिमेन्ट उद्योगीहरुको नाउँमा र नेपाल सरकारका निकायले तत्काल कालोबजारी रोकी आम उपभोक्ता, हार्डवेयर व्यवसायीको समस्या समाधान हुने निती नियम अबलम्बन गर्ने, बजारको प्रभावकारी अनुगमन गर्ने गराउने कार्य गर्नु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरि पाऊँ भन्ने माग गरिएको छ।

यस मुद्दामा रहबर अन्सारीका कानूनी सल्लाहकार अधिवक्ता अनुपम भट्टराईले अदालतमा प्रमाणहरू मजबुतीका साथ पेस गरेको बताएका छन्। माघ १५ गते नै रिट दिन चाहेपनि सर्वोच्चले अस्वीकार गरेको थियो। त्यसपछि मंगलबार सर्वोच्चले उनको रिट दर्ता गरेको हो। यो रिटको आज नै पेसी तोकिएको छ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस