२०८३ असार २१ गते, आईतवार ००:३९

निजी क्षेत्रको लगानी सुरक्षा गर्नको लागि सरकार प्रतिवद्ध छः वनमन्त्री ठकुरी

काठमाडौँ – 

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले निजी क्षेत्रको लगानी सुरक्षा गर्नको लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंबाट डिजिटल माध्यमद्वारा मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका ९ मुर्माटपमा एक्पर्ट ग्रुप र रारा होल्डिङ्स प्रा.लि.ले निर्माण गर्न लागेको रारा रिसोर्ट शिलान्यास गर्दै मन्त्री ठकुरीले यस्तो बताउनुभएको हो । उहाँले सरकारले निजी क्षेत्रको प्रोत्साहन र लगानी सुरक्षा गर्नको लागि योजना बनाइरहेको बताउनु भयो । उहाँले निजी व्यवसायलाई बढावा दिनको लागि सरकारले अध्यादेश ल्याएको दाबी गर्नुभयो । उहाँले लगानीकर्ताको लगानी सुरक्षा गर्नको लागि अध्यादेशबाट बन्ने कानूनले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले कर्णालीको क्षेत्रको समस्या समाधान गर्न समेत सरकार लागिपरेको बताउनु भएको छ । उहाँले कर्णाली राजमार्ग र कर्णाली करिडोर पिच गर्नको लागि अगामि आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने आश्वासन दिनुभयो । उहाँले रारा क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नको लागि ताल्चा विमानस्थलको सुधार गरिने समेत बताउनु भयो ।

उहाँले नेपालका अन्य पर्यटकीय क्षेत्रहरुमा समेत नीजि लगानीको आवश्यकता रहेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न लगानीकर्ताहरुमा आह्वान गर्नुभयो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस