२०८३ बैशाख २ गते, बुधबार १३:४६

विधिको शासन, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा सम्झौता गर्दैनौँः महामन्त्री थापा

काठमाडौँ –

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार चलाउने सम्बन्धमा पार्टीका आधारभुत मूल्य र मान्यतामा कुनै सम्झौता नहुने बताउनुभएको छ ।

बुधवार बुटवलमा नेपाल मुस्लिम संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले पार्टीले विधिको शासन, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभुत मूल्य र मान्यताहरुमा सम्झौता नगरिने बताउनु भयो । उहाँले वर्तमान सरकार नेपाली काँग्रेसले चाहेर नभई परिस्थितिले निर्माण भएको बताउनु भयो । उहाँले सरकार बनाउने कुरामा अरुसँग सहकार्य गर्ने विकल्प नरहेको उल्लेख गर्दै बाँकी यही सरकारमा बसेर बाँकी समयको सदुपयोग गर्ने उहाँको दाबी छ ।

सरकार गठन हुँदाका बखत गरिएको सात बुँदे सहमतिको आधारमा काँग्रेस–एमालेले आलोपालो सरकार चलाउने उहाँको भनाइ छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस