२०८३ बैशाख २ गते, बुधबार १३:४६

कुम्भ मेला गएका पत्रकार ६ दिनदेखि बेपत्ता

काठमाडौं-

राजापुर नगरपालिका–६ का पत्रकार तथा राजापुर एफएमका प्रमुख केशव कोइराला विगत ६ दिन देखि बेपत्ता भएका छन्। उनी माघ २६ गते देखि भारतको अयोध्याबाट लापता भएका हुन्। उनले १ सय ४४ वर्षपछि लागेको प्रयागराज कुम्भ मेलाको स्नान गर्न माघ २४ गते घरबाट निस्किएका थिए।

उनकी श्रीमती शोभा कोइरालाका अनुसार, केशव कोइरालाले माघ २५ गते कुम्भ स्नान गरी फर्किदा बनारससम्म उनीसँग सम्पर्कमा रहेका थिए। तर माघ २६ गते अयोध्याको राम मन्दिर दर्शन गर्ने क्रममा रातिबाट उनी बेपत्ता भएका हुन्। उनका साथीहरूले उनी बेपत्ता भएको जानकारी दिएका छन्।

यस घटनाको खोजी गर्न नेपाल पत्रकार महासंघले पहल गरेको छ। महासंघका अध्यक्ष निर्मल घिमिरेका अनुसार, बेपत्ता पत्रकारको खोजी गर्न प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र प्रहरी उपरीक्षक केदार खनालसँग कुरा गरिएको छ। फागुन २ गते शुक्रबार काउन्टर पार्टसँगको बैठकमा यस विषयमा छलफल गरिनेछ।

थप खोजीको लागि बेपत्ता पत्रकार कोइरालाकी श्रीमती शोभा कोइरालालाई फागुन २ गते गुलरिया बोलाइएको छ। साथै, परराष्ट्र मन्त्रालयबाट पनि खोजी कार्यमा पहल गरिने नेपाल पत्रकार महासंघले जनाएको छ।

यस घटनाले स्थानीय पत्रकार समुदायलाई चिन्तित बनाएको छ। कोइरालाको सुरक्षित फर्किने अपेक्षा गर्दै उनका परिवारले सुरक्षा निकायहरूबाट छिटो खोजी कार्य गरी निष्कर्ष निकाल्न आग्रह गरेका छन्।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस