२०८३ बैशाख २ गते, बुधबार १३:४६

दीप प्रज्वलन गरी वीरगन्जमा ३०औं जनयुद्ध दिवस मनाइयो

वीरगन्ज –

नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसियल) नेपाल पर्सा शाखाद्वारा ३०औं जनयुद्ध दिवस धूमधामसाथ मनाइएको छ। वाईसियलले बिहीबार साँझ वीरगन्जको घण्टाघर चौकमा दीप प्रज्वलन गरी जनयुद्ध दिवस मनाएको हो।

कार्यक्रममा जनयुद्धको क्रममा सहिद भएका बहादुर जनताका लागि श्रद्धासुमन अर्पण गरियो। कार्यक्रममा बोल्दै वक्ताहरूले जनयुद्धको भावना अनुसार पार्टी एकताबद्ध भई काम गर्नुपर्ने आवश्यकता रेखाङ्कित गरे। उनीहरूले माओवादी केन्द्रप्रति जनताको आकर्षण बढ्दै गएको बताउँदै पार्टी पंक्तिलाई एकताबद्ध गर्न जरुरी रहेको बताए।

नेकपा माओवादी केन्द्रका नेता बलिराम साहले जनयुद्धलाई आवाजविहीनहरूको आवाज, सम्पूर्ण उत्पीडित जाति, क्षेत्र र लिंगको मुक्तिकामी आन्दोलन बताए। उनले जनयुद्धको बलमा नै देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीता कायम गर्न सफलता प्राप्त गरिएको दाबी गरे।

माओवादी केन्द्र पर्साका पूर्व जिल्ला अध्यक्ष समेत रहेका नेता साहले नेपालको सबैभन्दा ठूलो राजनीतिक तथा बलिदानीपूर्ण संघर्षको रूपमा स्थापित “महान जनयुद्ध” को मर्म अनुसार पार्टी भित्रका सम्पूर्ण नेता तथा कार्यकर्ता एकताबद्ध हुन जरुरी रहेको बताए।

वाईसियलका केन्द्रिय सदस्य सन्तोष पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य शेखचन्द तारा, टेक बहादुर शाक्य, रामबाबु बैठा, रहबर अन्सारी, प्रदेश कमिटी सदस्य छोटेलाल यादव, सरिफ गद्दी, शिव कुमार साह, पिन्टु रौनियार लगायतको सहभागिता रहेको थियो।

यस अवसरमा उपस्थित नेताहरूले जनयुद्धको ऐतिहासिक महत्व र यसले ल्याएको परिवर्तनलाई सम्झाउँदै नयाँ पुस्तालाई यसको भावना अनुसार अगाडि बढ्न आह्वान गरे।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस